रास्वपा प्रमुख सचेतक परियार चढेको गाडी जलाइयो

चैत्र १५, २०८१

कान्तिपुर संवाददाता

The vehicle in which Pariyar, the chief whip of RSVP, was burnt

काठमाडौँ — रास्वपा प्रमुख सचेतक सन्तोष परियार चढेको गाडी राजवादीले जलाइदिएका छन् । संसद्‌ भवनबाट भक्तपुरस्थित घर फर्किंदै गर्दा बालकुमारीमा प्रदर्शनकारीले आफूलाई बाहिर निकालेर गाडी जलाइदिएको उनले बताए ।

शुक्रबार दिउँसो करिब ४ बजे जलाइएको उक्त गाडी परियारलाई संसद्‌ले उपलब्ध गराएको हो ।

राजावादीको आन्दोलनका क्रममा झडप भएपछि तीनकुने क्षेत्रमा कर्फ्यु लगाइएको छ । कर्फ्यु छल्न भित्री बाटो प्रयोग गरेर बालकुमारी पुगेका प्रमुख सचेतक परियारको गाडी जलाइएको हो । 

प्रहरी र प्रदर्शनकारी झडपमा एक जनाको प्रहरीको गोली लागी मृत्यु भएको छ । केही घाइतेको राजधानीका विभिन्न अस्पतालमा उपचार भइरहेको छ । आक्रोशित भीडले निजी घर, सरकारी गाडी, कार्यालय र सञ्चार गृहमा समेत तोडफोड र आगजनी गरेका छन् ।   

कान्तिपुर संवाददाता

Link copied successfully