कोटेश्वरको भाटभटेनीमा राजावादीले गरे तोडफोड

चैत्र १५, २०८१

कान्तिपुर संवाददाता

Rajawadis vandalized Bhatbhateni in Koteshwar

काठमाडौँ — राजावादी समूहले कोटेश्वरस्थित भाटभटेनीमा तोडफोड गरेको छ । 

तीनकुने सभास्थलबाट तितरबितर भएका राजावादी प्रदर्शनकारीले भाटभटेनीमा ढुंगा प्रहार गरेर सिसालगायतका भौतिक संरचनामा क्षति पुर्‍याएका छन् ।

राजावादीकै समूहले आलोकनगरस्थित नेकपा एसको कार्यालयमा आगजनी गरेको थियो । तीनकुनेका विभिन्न घरभवनमा पनि तोडफोड र आगजनी गरिएको छ ।

कान्तिपुर संवाददाता

Link copied successfully