तीनकुने क्षेत्रमा जारी कर्फ्यु शनिबार बिहान ७ बजेसम्म लम्ब्याइयो

चैत्र १५, २०८१

कान्तिपुर संवाददाता

The ongoing curfew in Tinkunne area has been extended till 7 am on Saturday

काठमाडौँ — जिल्ला प्रशासन कार्यालय काठमाडौंले तीनकुने क्षेत्रमा जारी कर्फ्यु शनिबार बिहान ७ बजेसम्म लम्ब्याएको छ । राजावादीले हिंसात्मक तोडफोड, लुटपाट र अराजकता मच्चाएपछि शुक्रबार दिउँसो ४:२५ देखि राति १० बजेसम्म लगाइएको कर्फ्यु बिहान ७ बजेसम्म जारी रहने जिल्ला प्रशासन कार्यालयले जानकारी दिएको हो ।

'अवस्थाको विश्लेषण गर्दै यसअघि जारी भएको कर्फ्यू आदेशको निरन्तरता स्वरुप २०८१/१२/१५ गते रातिको १० बजेदेखि मिति २०८१/१२/१६ गते बिहान ७ बजेसम्मका लागि स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ बमोजिम काठमाडौं जिल्लाको काठमाडौं महानगरपालिकाभित्र देहायका चार किल्ला तोकी सो सीमानाभित्र कसैले आवतजावत गर्न, कुनै पनि प्रकारको भेला, जुलुस, प्रदर्शन, सभा, बैठक, घेराउ गर्न नपाउने गरी कर्फ्यु आदेश जारी गरिएको छ,' आदेशमा भनिएको छ ।

The ongoing curfew in Tinkunne area has been extended till 7 am on Saturday

कान्तिपुर

Link copied successfully