सरकार आफैं ढल्यो ढल्यो भन्दै हिँडिरहेको छ : नेपाल 

चैत्र १५, २०८१

कान्तिपुर संवाददाता

The government is walking by saying that it has fallen: Nepal

काठमाडौँ — नेपाल समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले कांग्रेस एमाले गठबन्धन सरकार आफैं 'ढल्यो ढल्यो...' भन्ने गीत गाइरहेको बताएका छन् ।

शुक्रबार काठमाडौंमा आयोजित समाजवादी मोर्चाको सभामा उनले सरकार जनताको काम गर्नबाट बिमुख भएको बताए ।

‘सरकार जनताको समस्यामा तमासे भएर बसेको छ । जनताका समस्यासँग चासो छैन,’ उनले भने, ‘सरकारलाई गीत गाउन समस्या छन् । सरकार ढले ढले भन्दैछ । हामीले सरकार ढालिरहेका छैनौं । सरकारको वुद्धि सप्रियोस् ।’

उनले माओवादी अध्यक्ष दाहाललाई प्रधानमन्त्री केपी शर्मा ओलीले धोका दिएको आरोप लगाए । ‘प्रचण्ड सोझो मान्छे । स्वर्गमा लाने भनेर राति नर्कतिर धकेलेछन्,’ उनले भने, 

उनले भने, ‘मलाई पनि फकाउन आएका थिए । हामी पनि एकक्षण भ्रममा पर्‍यौं । उनको सोच, चिन्तन कस्तो छ । देश बनाउने हुटहुटी छ कि छैन ? हामीले पाइरहेका छैनौं । सरकार भ्रष्टाचारतिर ध्ष्यान छ । जनताको पीडाले पोल्दैन ।’

कान्तिपुर

Link copied successfully