‘सन्चो’ बनाउने जडीबुटी उत्पादन कम्पनीमा लागेको आगो नियन्त्रणबाहिर

चैत्र १५, २०८१

कान्तिपुर संवाददाता

Fire at 'Sancho' herbal manufacturing company out of control

काठमाडौँ — राजावादी प्रदर्शनकारीले कोटेश्वरस्थित जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेडको कार्यालयमा गरेको आगजनी नियन्त्रणबाहिर गएको छ । 

महानगरका नगरप्रहरी उपरीक्षक विष्णुप्रसाद जोशीले दुई वटा दमकलले जडिबुटी कम्पनीमा लागेको नियन्त्रण गर्न नसकेपछि थप दमकल बोलाइएको बताए । 

‘आगो नियन्त्रणमा आएको छैन । ट्यांकर थप गरेका छौं,’ उनले भने, ‘सुरुमा दुई वटा लगेको ट्यांकरको पानी सकेर त्यसलाई पानी भर्न लगेका छौं । यसबाहेक भक्तपुर र ललितपुरबाट पनि दमकल बोलाएका छौं ।’

महानगरसँग छ वटा दमकल छ । एक दमकल तीनकुनेस्थित निजी घरमा राजावादी प्रदर्शनकारीले तोडफोड गरेका छन् । बाँकी पाँच वटा दमकलमध्ये एउटा बालाजुमा लागेको आगो निभाउन प्रयोग गरिएको छ भने चार वटै दमकल जडिबुटी लगायत अन्य स्थानमा लागेको आगो निभाउन प्रयोग गरिएको उनले बताए ।

कान्तिपुर संवाददाता

Link copied successfully