काठमाडौँ — प्रदर्शनमा उत्रिएका राजावादीले काठमाडौं महानगरपालिकाको दमकलमाथि पनि तोडफोड गरेका छन् ।
तीनकुनेस्थित एक घरमा प्रदर्शनकारीले ढुंगामुढासहित आगजनी गरेपछि महानगरको दमकल बोलाइएको थियो । आगजनी भइरहेको घरको केही दुरीमै प्रदर्शनकारीले दमकलमाथि ढुंगामुढा प्रहार गरेको महानगरका नगर प्रहरी उपरीक्षक विष्णुप्रसाद जोशीले जानकारी दिए ।
‘प्रदर्शनकारीले दमकललाई ढुंगा हान्दा एक जना फायर मेन घाइते हुनुभयो,’ उनले भने, ‘उहाँको हातमा सामान्य चोट लागेको छ । हामीले ब्यान्डेज बाँधेका छौं । अवस्था तनावग्रस्त छ ।’
