काठमाडौँ — काठमाडौंको तीनकुनेमा आगो लगाएको घरभित्र रहेका मानिसको रेस्क्यु गर्ने क्रममा राजावादी प्रदर्शनकारीहरूले प्रहरीमाथि आक्रमण गरेका छन् ।
स्रोतका अनुसार प्रहरीले प्रतिरक्षाका क्रममा गोली समेत चलाएको छ । गोली लागी कम्तीमा एकजना गम्भीर घाइते भएको र उनको अवस्था चिन्ताजनक रहेको प्रहरी स्रोतले जनाएको छ ।
तीनकुनेमा खटिएका एक प्रहरी अधिकारीले भने, 'आगो लागेको भवनभित्र रहेका मानिसहरूको उद्धार गर्ने क्रममा प्रर्दशनकारीले आक्रमण गरेपछि प्रहरी गोली चलाउन बाध्य भएको हो ।'
