सदनमा विपक्षी अवरोध कायमै, प्रमुख सचेतकहरूसँग सभामुखले गरे छलफल

चैत्र १५, २०८१

कान्तिपुर संवाददाता

Opposition obstruction in the House continued, the Speaker discussed with the Chief Whips

काठमाडौँ — सभामुख देवराज घिमिरले संसद्‍ भवनमा प्रमुख राजनीतिक दलका प्रमुख सचेतकहरूसँग छलफल गरिरहेका छन् । सभामुख घिमिरेले संसद्को अवरोध हटाउनका लागि प्रमुख दलहरूसँग कुराकानी गरिरहेका छन् । 

बैठकमा कानुन, न्याय तथा संसदीय मामिला अजयकुमार चौरसियासमेत सहभागी छन् । विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट कुलमान घिसिङलाई हटाइएको विरोधमा प्रतिपक्षी दलले सदनमा अवरोध जारी राख्दा संसदीय प्रक्रियामा रहेका पाँच अध्यादेशको भविष्य अन्योलमा परेको छ । संविधानले तोकेको समयसीमाअनुसार ती अध्यादेश आगामी मंगलबारसम्म संसद्बाट पारित नभए स्वतः निष्क्रिय हुन्छन् ।

विपक्षी दलहरूले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको बर्खास्तीका बारेमा प्रधानमन्त्री केपी शर्मा ओलीले सदनमा जवाफ नदिएसम्म अवरोध जारी राख्ने अडान राखेका छन् । सभामुखको सचिवालयका अनुसार प्रधानमन्त्री ओलीले जवाफ दिने सूचना अहिलेसम्म आएको छैन ।

यद्यपि एमाले मुख्य सचेतक महेश बर्तौलाले बिहीबार प्रधानमन्त्री नभई सरकारका तर्फबाट मन्त्रीले सदनमा जवाफ दिन सक्ने बताएका थिए । 

कान्तिपुर संवाददाता

Link copied successfully