राजतन्त्र फर्काउन खोजे ठूलो मूल्य चुकाउनुपर्ने माधव नेपालको चेतावनी

चैत्र १५, २०८१

कान्तिपुर संवाददाता

Madhav Nepal's warning to pay a heavy price if they try to return the monarchy

काठमाडौँ — नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले गणतन्त्रको पक्षमा भएको परिवर्तन 'कास्टिङ' मात्र भएको बताएका छन् ।

भ्रष्टाचार, बेथिति र प्रतिगमनविरुद्ध समाजवादी मोर्चाले आज काठमाडौंमा गरेको सभालाई सम्बोधन गर्दै उनले राजतन्त्र फर्काउन खोजे ठूलो मूल्य चुकाउनुपर्ने चेतावनी दिए । 

‘यो कार्यक्रम नेपालको राजनीतिमा कास्टिङ मात्र हो । प्रतिगामीहरु होसयार । यो मुलुक वंश, परिवारको शासनतिर फर्कन सक्दैन । जनता स्वाधीन छन्। सार्वभौमसत्ता सम्पन्न भएका छन्,’ उनले भने, ‘नेपाली जनता कसैको दास बन्न सक्दैनन् । इतिहास पछाडि जान सक्दैन । वंशको शासन ल्याउने चेष्टा कसैले गर्छ भने ठूलो मूल्य चुकाउनुपर्नेछ ।’

कान्तिपुर

Link copied successfully