शुक्रबार दिनभरि राजधानी तनावग्रस्त : राजावादी प्रदर्शनमा १४ स्थानमा आगजनी, ९ संस्था तथा कार्यालयमा तोडफोड

दुई जनाको मृत्यु, हिंसात्मक तोडफोड, आगजनी र अपराधिक घटना

चैत्र १६, २०८१

कान्तिपुर संवाददाता

The capital was tense all day on Friday: 14 places were set on fire, 9 institutions and offices were vandalized during the royalist demonstration

काठमाडौँ — राजावादीले शुक्रबार गरेको प्रदर्शनका क्रममा १४ स्थानमा आगजनी र ९ संस्था तथा कार्यालयमा तोडफोड गरेका छन् । कोटेश्वरस्थित भाटभटेनी सुपर मार्केटबाट उल्लेख्य मात्रामा लुटपाट भएको प्रहरीले जनाएको छ ।

पूर्वराजा ज्ञानेन्द्र शाहका समर्थकद्वारा काठमाडौंको तीनकुने क्षेत्रमा शान्तिपूर्ण प्रदर्शनका लागि पूर्वअनुमति लिई नवराज सुवेदीको संयोजकत्व र दुर्गा प्रसाईको अगुवाइमा शान्तिपूर्वक प्रदर्शन गर्ने गरी आयोजित प्रदर्शनका क्रममा निजी सम्पत्ति, अस्पताल, संचारगृह, राजनीतिक दलका कार्यालय, व्यापारिक केन्द्रलगायत यातायतका साधनमाथि हिंसात्मक तोडफोड, आगजनी लगायतका अपराधिक घटना गरिएको जिल्ला प्रहरी परिसर, काठमाडौंले जनाएको हो । 

‘यस प्रकारका अमानवीय, अमर्यादित एवं गैरकानुनी अपराधिक गतिविधिमा संलग्न व्यक्तिलाई अनुसन्धानको दायरामा ल्याई कानुनबमोजिम कारबाही गरिने व्यहोरा जानकारी गराइन्छ,’ प्रहरीले भनेको छ, ‘साथै उल्लेखित घटनामा संलग्न ५१ जना व्यक्तिलाई नियन्त्रणमा लिई घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको व्यहोरा समेत अनुरोध गरिन्छ ।’The capital was tense all day on Friday: 14 places were set on fire, 9 institutions and offices were vandalized during the royalist demonstration

घाइते हुनेमा नेपाल प्रहरीतर्फ ५३ जना, सशस्त्र प्रहरी बलका २२ र प्रदर्शनकारीतर्फ ३५ जना घाइते र दुई जनाको मृत्यु भएको जनाएको छ । उच्छृंखल आन्दोलनका क्रममा ९ सरकारी सवारी साधन र ६ वटा सरकारी/निजी नखुलेको सवारी साधन तोडफोड र १४ निजी संस्था र भवनमा आगजनी गरिएको छ । 

प्रहरीका अनुसार अन्नपूर्ण कम्प्लेक्स, तीनकुने, मार्वल हाउस, तीनकुने, कोटेश्वर महादेवस्थान, कार्गोको कम्पाउण्डभित्र, कोटेश्वर गणेश चोक, भाटभटेनी नजिक सरकारी गाडीमा,  जडिबुटी उत्पादन तथा प्रशोधन केन्द्र, समाजवादी पार्टी कार्यालय, बालकुमारीबाट काठमाडौंतर्फ आउने करिडोर बाटो, बानेश्वर पुल पारिपट्टि,  एयरपोर्टको फोहोरमा, ईन्द्रेणी सहकारीको कार्यालय रहेको भवन, सिनामंगल,  रोयल रेस्टुरेन्ट, सिनामंगल र एरोम्याक्सको कार्यालय रहेको भवन, सिनामंगलमा आगजनी गरिएको छ । त्यसै गरी कान्तिपुर मिडिया हाउस, बानेश्वर, अन्नपूर्ण मिडिया हाउस, तीनकुने, केएमसी अस्पताल, सिनामंगल,  सिनामंगलस्थित डीआईएअगाडि बन्दै रहेको नयाँ भवन, सिनामंगलमा रहेको नेपाल प्रहरीद्वारा जडित २ थान सीसीटीभी क्यामरा, प्रहरी बिट सिनामंगल, भत्केको पुल,  प्रहरी प्रभाग कोटेश्वर, ट्राफिक प्रहरी प्रभाग कोटेश्वर र समाजवादी पार्टी कार्यालय, बागमती करिडोरमा तोडफोड गरिएको छ ।

कान्तिपुर संवाददाता

Link copied successfully