शुक्रबार काठमाडौंको प्रदर्शनमा १ लाखभन्दा बढी मान्छे उतार्छौं : समाजवादी मोर्चा

चैत्र १३, २०८१

कान्तिपुर संवाददाता

We will bring more than 100,000 people to protest in Kathmandu on Friday: Samajwadi Morcha

काठमाडौँ — समाजवादी मोर्चाले चैत १५ (शुक्रबार) काठमाडौंमा हुने प्रदर्शन हजारौँ मान्छे उतार्ने दाबी गरेको छ । माओवादी केन्द्र,नेकपा एकीकृत समाजवादी नेपाल समाजवादी, नेपाल कम्युनिस्ट पार्टीसम्मिलित समाजवादी मोर्चाको बेठकले प्रदर्शनलाई भव्य बनाउने निर्णय गरेको हो ।

एकीकृत समाजवादीको केन्द्रीय कार्यालयमा बुधबार बसेको बैठकले ‘भ्रष्टाचार, बेथिति र प्रतिगमन’ विरुद्ध प्रदर्शन गर्ने तयारी गरेकोछ  । माओवादी वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले शुक्रबार हुने प्रदर्शनमा एक लाख बढी सहभागी हुने बताए ।

‘हाम्रो प्रदर्शनमा एक लाखभन्दा बढी सहभागी हुनेछन्,’ उनले भने, ‘त्यहीअनुसार बैठकले आवश्यक निर्णय गरेको छ ।’ उनले राजधानीका विभिन्न सडकमा शान्तिपूर्ण प्रदर्शन हुने बताए ।

सडक प्रदर्शनपछि भृकुटीमण्डपमा हुने सभामा माओवादी अध्यक्ष पुष्पकमल दाहाल, एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपाल, नेकपा महासचिव नेत्रविक्रम चन्दलगायत नेताले सम्बोधन गर्नेछन् ।

कान्तिपुर

Link copied successfully