बालुवाटारमा सत्ता गठबन्धनको बैठक सुरु

चैत्र १३, २०८१

कान्तिपुर संवाददाता

The meeting of the power alliance has started in Baluwatar

काठमाडौँ — सरकारमा रहेका र सरकारलाई समर्थन गर्ने दलहरूको बैठक सुरु भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयका अनुसार बालुवाटारस्थित प्रधानमन्त्री निवासमा केही बेरदेखि सत्ता गठबन्धनको बैठक बसिरहेको छ।

बैठकमा प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली, कांग्रेस सभापति शेरबहादुर देउवा, जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव, जनमत पार्टीका अध्यक्ष सीके राउत, नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रन्जिता श्रेष्ठ चौधरी, लोसपा अध्यक्ष महन्थ ठाकुर, जसपा अध्यक्ष अशोक राई सहभागी छन् ।

बैठकमा एमाले र कांग्रेसका अरू नेताहरू पनि सहभागी छन्। बैठकमा समसामयिक राजनीतिक घटनाक्रम, सरकार सञ्चालन तथा संसद्‌मा विचाराधीन कानूनहरुको निर्माणका विषयमा समेत छलफल हुने नेताहरूले जनाएका छन्। 

कान्तिपुर

Link copied successfully