राष्ट्रियसभामा पनि कुलमान हटाएको बिरोध

चैत्र १३, २०८१

कान्तिपुर संवाददाता

Protest against the removal of Kulman in the National Assembly

काठमाडौँ — राष्ट्रियसभामा नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ हटाएकोमा बिरोध भएकाे छ । राष्टियसभाको बैठक सुरु हुनासाथ विपक्षी दलका सांसदहरु आ-आफ्नो आसनमा उभिएर विराेध जनाएका हुन् ।

राष्टियसभामा माओवादी केन्द्रका गोपीशर्मा अछामीले सरकारले विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिंगलाई हटाइएकोमा बिरोध गरेका छन् । प्रधानमन्त्रीले स्पष्टिकरण नदिएसम्म सदन नचलाउन आग्रह गरे ।लोडसेडिंग अन्त्य गर्ने घिसिंगलाई पुरस्कृत गरिनुपर्नेमा दण्डित गरिएकोमा उनले आपत्ति जनाए ।

आजै प्रतिनिधिसभाको बैठकमा पनि विपक्षी दलहरूले स्वार्थ समूह एवं विचौलियाको हितमा लागि परेर नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशकलाई हटाएको आराेप लगाउँदै विराेध जनाएका थिए ।

कान्तिपुर संवाददाता

Link copied successfully