विचाराधीन विधेयकलाई शीघ्र टुंगोमा पुर्‍याउने सत्तापक्षीय दलको निर्णय

चैत्र १२, २०८१

कान्तिपुर संवाददाता

The ruling party's decision to quickly finalize the pending bill

काठमाडौँ — सत्तापक्षीय दलहरुले संसद्मा विचारधीन विधेयकलाई यथाशीघ्र टुंगोमा पुर्‍याउने निर्णय गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटरमा मंगलबार बसेको सत्ता पक्ष दलका शीर्ष नेताको बैठकमा संसद्मा विचारधीन विधेयकलाई चाँडै अघि बढाउने विषयमा छलफल भएको बैठकमा सहभागी श्रम, रोजगार तथा सामाजिकमन्त्री शरतसिंह भण्डारीले जानकारी दिए । 

बैठकमा भूमिसम्बन्धी अध्यादेशमा राजनीतिक सहमति जुटाउनेलगायत समसामायिक विषयमा छलफल भएको उनले बताए ।

बैठकमा प्रधानमन्त्री एवं एमालेका अध्यक्ष केपी शर्मा ओली, कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुर, जनमत पार्टीका अध्यक्ष सिके राउत, जनता समाजवादी पार्टीका अध्यक्ष अशोक राई, नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठलगायत उपस्थित थिए ।

कान्तिपुर संवाददाता

Link copied successfully