काठमाडौँ — प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले कागजविहीन अदालतको यात्रामा आफूहरू अघि बढिसकेको बताएका छन् ।
मंगलबार सर्वोच्च अदालतमा आयोजित सर्वोच्च अदालतबाट सातै प्रदेशमा रहेका मुख्य न्यायाधिवक्ताको कार्यालयहरूलाई दिइने पेशीको सूचना पठाउने अनलाइन प्रणाली तथा जिल्ला अदालतहरूको विशेष प्रकृतिको निवेदन दर्ता त्था व्यवस्थापन गर्ने अनलाइन प्रणालीको शुभारम्भ गर्दै उनले यस्तो बताएका हुन् ।
प्रधानन्यायाधीश राउतले कागजविहीन अदालतको यात्रामा अघि बढ्ने कुरामा वकील, न्यायाधीश, कानुन व्यवसायी तयार हो कि होइन ? भन्दै प्रश्न गरे । न्यायिक सुधार गर्नैपर्ने भएको र न्यायिक सुधार गर्ने आधार र माध्यम धेरै भएको उनको भनाइ छ । प्रविधिमार्फत पनि न्यायमा सुधार गर्न सकिने उनले बताए ।
