राष्ट्रपति पौडेलसँग माओवादी अध्यक्ष दाहालको भेट

चैत्र ११, २०८१

कान्तिपुर संवाददाता

Maoist Chairman Dahal's meeting with President Paudel

काठमाडौँ — प्रमुख प्रतिपक्ष दल माओवादी अध्यक्ष पुष्पकमल दाहालले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गरेका छन् । सोमबार अध्यक्ष दाहालले राष्ट्रपति पौडेलसँग शीतल निवासमा भएको भेटमा समसामयिक विषयमा कुराकानी गरेको दाहालको सचिवालयले जनाएको छ । 

आजै प्रमुख तीन दलका शीर्ष नेताहरूबीच पनि भेट हुँदैछ । संक्रमणकालीन न्यायसँग सम्बन्धित दुई आयोगमा पदाधिकारी नियुक्तिबारे र समसामयिक विषयमा छलफल गर्न प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली, कांग्रेस सभापति देउवा र माओवादी अध्यक्ष दाहालबीच भेट हुन लागेको हो । 

कान्तिपुर

Link copied successfully