वनमन्त्री शाही जर्मनी प्रस्थान

चैत्र १०, २०८१

कान्तिपुर संवाददाता

Forest Minister leaves for Imperial Germany

काठमाडौँ — वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरी ‘पिटर्सबर्ग क्लाइमेट डायलग–२०२५’ मा सहभागी हुन जर्मनी प्रस्थान गरेका छन् । 

बर्लिनमा आयोजना हुने उक्त संवादमा सहभागी हुन आइतबार वनमन्त्री शाही जर्मनी गएका हुन् । जर्मन सरकारको विशेष निमन्त्रणामा मन्त्री शाही १६औं पिटर्सबर्ग क्लाइमेट डायलगमा सहभागी हुन जर्मनी गएका हुन् ।

उक्त संवाद चैत १२ र १३ गते आयोजना हुनेछ । संवादमा विभिन्न देशका करिब ४० जना मन्त्री सहभागी हुनेछन् । जहाँ जलवायु वित्त, पेरिस सम्झौताका लक्ष्य, जलवायु अनुकूलनलगायत विषय कार्यान्वयन गरिने विषयमा बृहत् छलफल गरिनेछ । 

मन्त्री शाही चैत १५ गते स्वदेश फर्किने कार्यक्रम रहेको उनको निजी सचिवालयले जनाएको छ । 

कान्तिपुर

Link copied successfully