सिरहामा दलितको घर भत्काइनु दण्डनीय अपराध : कांग्रेस

चैत्र १०, २०८१

कान्तिपुर संवाददाता

Demolition of Dalit houses in Siraha is a punishable offence: Congress

काठमाडौँ — कांग्रेसले सिरहा जिल्ला औरही गाउँपालिका-५ मा विष्णु महायज्ञ आयोजना गर्ने सन्दर्भमा दलित समुदायका दीपक मलिकको घर भत्काउने कार्यमा संलग्न सबैमाथि कडा कारबाही गर्न माग गरेको छ । 

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको आइतबारको बैठकले सामाजिक रुपमा निन्दनीय र कानुनी रुपमा दण्डनीय अपराधमा सहभागी कसैलाई पनि क्षम्य नहुने भन्दै कांग्रेसले कडा कारबाहीका लागि सरकारको ध्यानाकर्षण गराएको छ ।

‘समाजमा जातका आधारमा छुवाछूतजन्य भेद्भाव गर्नु अत्यन्तै दुःखद् घटना हो । नेपाली कांग्रेस पार्टी आगामी दिनमा यस प्रकारका भेद्भावजन्य कार्यलाई निरुत्साहित गर्न सकारसँग आग्रह गर्दछ,’ कांग्रेस बैठकले भनेको छ,‘साथै, देशैभरि जातीय भेद्भाव र छुवाछूतजन्य कार्यका विरुद्ध सामाजिक अभियान संचालनमा लाग्न पार्टी पंक्तिलाई आहृवान गर्दछ ।’

कान्तिपुर संवाददाता

Link copied successfully