कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै

चैत्र १०, २०८१

कान्तिपुर संवाददाता

Congress Central Working Committee meeting

काठमाडौँ — सत्तारुढ दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दैछ। सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा दिउँसो १ बजे बैठक बस्ने कांग्रेस केन्द्रीय कार्यालयका कार्यवाहक मुख्यसचिव प्रदीप पराजुलीले जानकारी दिए।

बैठकमा समसामयिक राजनीतिक घटनाक्रमहरूका विषय छलफल हुने छ । 

कांग्रेसको विधान अनुसार कार्यसम्पादन समितिको बैठक प्रत्येक महिना बस्ने व्यवस्था छ। तर पछिल्लो समय कार्यसम्पादन र केन्द्रीय समिति दुवै समयमा बसिरहेका छैनन्। 

बैठकमा सरकार सञ्चालन, पार्टीको सदस्यता वितरण र नवीकरण, भातृ संस्थाहरूको महाधिवेशन लगायत विषयमा छलफल हुने एक नेताले बताए। 

पार्टीको १५ औँ महाधिवेशनको लहर छिरिसकेको कांग्रेसमा नेताहरूबीच ध्रुबीकरण समेत सुरु भइसकेको छ। 

कान्तिपुर संवाददाता

Link copied successfully