काठमाडौँ — आँखा निकै संवेदनशील अंगमध्ये पर्छ । धुलोधुवाँबाट हामीले आँखालाई कतिको जोगाइरहेका छौं ? अहिले गर्मी सुरु भइसकेको छ । हावा चल्ने मौसम भएकाले धुलोबाट पनि आँखालाई जोगाउनु जरुरी छ । धुलोका कणले आँखामा विभिन्न समस्या निम्त्याउन सक्छ ।
चर्को घाममा काम गर्दा कहिलेकाहीँ आँखा चिलाउने, पाक्नेजस्ता समस्या पनि देखा पर्छन् । धुलोका कणमा हुने भाइरस र ब्याक्टेरियाको संक्रमण बढ्दै गयो भने आँखा नदेख्ने समस्या पनि आउन सक्छ ।
गर्मीयाममा आँखा रातो हुने, चिलाउने, सुक्खा हुने जस्ता लक्षण देखिन सक्छन् । गर्मी मौसममा आँखालाई जोगाउन के गर्ने त ?
नेत्ररोग विशेषज्ञ रबिना तिमल्सिनाले आँखा सुरक्षाका उपाय बताएकी छन् ।
(प्रशिक्षार्थी)
