सिरहाका प्रमुख जिल्ला अधिकारी दाहाल मन्त्रालय तानिए

चैत्र ८, २०८१

कान्तिपुर संवाददाता

The chief district officer of Siraha, Dahal, was dragged to the ministry

काठमाडौँ — महायज्ञ गर्न दलित परिवारको उठीबास लगाएको घटनामा संवेदनशील भएर कार्य नगरेको भन्दै गृह मन्त्रालयले सिराहाका प्रमुख जिल्ला अधिकारी बासुदेव दाहाललाई मन्त्रालय तानेको छ।

उक्त घटनामा प्रजिअ र प्रहरी प्रमुखको भूमिका शंकास्पद देखिएको भन्दै प्रश्न उठिरहेका बेला गृहमन्त्री रमेश लेखकलाई प्रमुख जिल्ला अधिकारी नै हेरफेर गर्ने निर्णय गरेका हुन्। 

दाहाल मन्त्रालय तानिएपछि सिरहाको प्रमुख जिल्ला अधिकारीका रुपमा विश्वप्रकाश अर्याललाई खटाइएको छ। अर्याल हाल कपिलवस्तुको प्रमुख जिल्ला अधिकारीकारुपमा कार्यरत थिए। गृहमन्त्री लेखकले उक्त घटनामा सत्यतथ्य पत्ता लगाउन र आवश्यक कारबाही अघि बढाउन समेत निर्देशन दिएका छ्न्।

कान्तिपुर संवाददाता

Link copied successfully