चितवन — प्रमुख प्रतिपक्षी दल माओवादीको अभियान मधेश प्रदेशबाट बागमतीमा आइपुगेको छ । शुक्रबार साँझ 'जनतासँग माओवादी तराई-मधेश जागरण अभियान' मधेशको पर्साबाट बागमतीको चितवन आइपुगेको हो ।
पर्साको ठोरी आठघरेमा कार्यक्रम सम्पन्न गरेर माओवादी अध्यक्ष पुष्पकमल दाहाललगायतको टोली माडी बगई हुँदै चितवन प्रवेश गरेको हो । शुक्रबार उक्त टोलीको बास माडीमै हुनेछ ।
माओवादी चितवन संयोजक रामचन्द्र अधिकारीले अभियानअन्तर्गत शनिबार बिहान माडीमा सभालगायतका कार्यक्रम हुने छन् । त्यसैगरी शनिबार दिउँसो भरतपुर महानगरपालिकाको जगतपुर कसरा चोकमा पनि सभा आयोजना गरिएको संयोजक अधिकारीले बताए ।
