महायज्ञका नाममा दलित परिवारलाई उठीवास लगाइएको घटनाबारे बुझ्न पुग्यो प्रहरी

चैत्र ७, २०८१

विनय आजाद

The police came to understand about the incident where a Dalit family was forced to live in the name of Maha Yagya

सिरहा — सिरहाको औरही गाउँपालिका-५ औरहीमा महायज्ञका नाममा दलित समुदायका स्थानीय दीपक मल्लिकको घर भत्काएर अन्यत्र सारिएको घटनाका विषयमा प्रहरीले खोजबिन थालेको छ ।

सिरहाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक रमेश पण्डित आफैं अहिले घटनास्थल पुगेका छन् । उनले घटनाबारे बुझ्ने काम भइरहेको बताए । उनले भने, 'आफू अहिले घटनास्थलमै रहेको र गाउँपालिका अध्यक्ष तथा पीडितसँग घटनाबारे बुझिरहेका छौं ।'

विनय आजाद कान्तिपुरका सिराहा संवाददाता हुन् ।

Link copied successfully