सिरहा — सिरहाको औरही गाउँपालिका-५ औरहीमा महायज्ञका नाममा दलित समुदायका स्थानीय दीपक मल्लिकको घर भत्काएर अन्यत्र सारिएको घटनाका विषयमा प्रहरीले खोजबिन थालेको छ ।
सिरहाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक रमेश पण्डित आफैं अहिले घटनास्थल पुगेका छन् । उनले घटनाबारे बुझ्ने काम भइरहेको बताए । उनले भने, 'आफू अहिले घटनास्थलमै रहेको र गाउँपालिका अध्यक्ष तथा पीडितसँग घटनाबारे बुझिरहेका छौं ।'
