नवनियुक्त राजदूत नेपालीले लिए राष्ट्रपतिसमक्ष पद तथा गोपनीयताको शपथ

चैत्र ६, २०८१

कान्तिपुर संवाददाता

The newly appointed Nepali Ambassador took the oath of office and secrecy before the President

काठमाडौँ — श्रीलंकाका लागि नेपालका नवनियुक्त राजदूत डा. पूर्णबहादुर नेपालीले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पद तथा गोपनीयताको शपथ लिएका छन्।

प्रजातान्त्रिक समाजवादी गणतन्त्र श्रीलङ्काका लागि नेपालका नवनियुक्त आवासीय राजदूत नेपालीलाई बुधबार राष्ट्रपतिको कार्यालयमा राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनीयताको शपथ खुवाएका हुन्।

नेपालीलाई मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति पौडेलले गत फागुन १९ गते राजदूतमा नियुक्त गरेका थिए। 

पद तथा गोपनीयताको शपथ समारोहमा सरकारका उच्च पदस्थ अधिकारीहरूको उपस्थिति रहेको थियो।

कान्तिपुर

Link copied successfully