राप्रपाले अध्यक्ष लिङ्देनको अगुवाइमा आन्दोलन अघि बढाउने

चैत्र ५, २०८१

कान्तिपुर संवाददाता

RPP will continue the movement under the leadership of President Lingden

काठमाडौँ — राप्रपाले अध्यक्ष राजेन्द्र लिङ्देनको अगुवाइमा आन्दोलन अघि बढाउने भएको छ । मंगलबार धुम्बाराहीस्थिति केन्द्रीय कार्यालयमा बसेको पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा  समसामयिक राजनीतिक परिस्थिति, आगामी आन्दोलन, देशभर भइरहेका पार्टीका कार्यक्रम एवं संगठन निर्माणको अवस्थाबारे समीक्षा भएको प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहनकुमार श्रेष्ठले जानकारी दिएका छन् । 

साथै राजसंस्था, हिन्दु राष्ट्रको पुन:स्थापना, प्रदेश संरचनाको खारेजीलगायतका मागसहितको आन्दोलनलाई निरन्तरता दिने पनि बैठकले निर्णय गरेको छ । राप्रपाको नेतृत्वमा हुने आन्दोलनको कार्यक्रम तय गर्न आगामी चैत १२ गते आन्दोलन परिचालन मूल समितिको बैठक पार्टी अध्यक्ष लिङ्देनको अध्यक्षतामा बस्ने र आन्दोलनका आगामी कार्यक्रम तय गर्ने निर्णय गरिएको प्रवक्ता श्रेष्ठले बताएका छन् । 

कान्तिपुर

Link copied successfully