करिब २५ करोड नेपाली रुपैयाँ बराबरको अमेरिकन डलर र युरोसहित एकजना पक्राउ

चैत्र ५, २०८१

विवेक पोख्रेल

One person was arrested with US dollars and Euros worth about 250 million Nepalese rupees

काठमाडौँ — नेपाल प्रहरीले झण्डै २५ करोड नेपाली रुपैयाँ बराबरको अमेरिकन डलर र युरो बरामद गरेको छ ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले डलर र युरो गरेर झण्डै २५ करोड नेपाली रुपैयाँ बराबरको डलरसहित एक जनालाई पक्राउ गरेको बताएको छ । 

अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी रमेश बस्नेतका अनुसार राति टोखा क्षेत्रबाट गाडीसहित उक्त रकम बरामद गरिएको हो । 

‘यसबारे थप अनुसन्धान हुँदैछ’, बस्नेतले भने ,‘पैसा धेरै भएकाले मेसिन ल्याएर गन्ने काम हुँदैछ ।’ बस्नेतका अनुसार भेटिएको भनिएको रकम नेपाली रकम अनुसार अनुमानित हो । 

यसबारे विस्तृत विवरण पत्रकार सम्मलेन गरेर आज नै जानकारी दिने प्रहरीले जनाएको छ ।

विवेक पोख्रेल विवेक कान्तिपुरका संवाददाता हुन् । उनी सुरक्षा मामिलामा रिपाेर्टिङ गर्छन् । उनी एक दशकदेखि पत्रकारितामा सक्रिय छन् ।

Link copied successfully