परराष्ट्रमन्त्री राणा र मोल्डोभाका विदेशमन्त्रीबीच द्विपक्षीय भेटवार्ता  

चैत्र ५, २०८१

कान्तिपुर संवाददाता

Bilateral meeting between Foreign Minister Rana and Foreign Minister of Moldova

काठमाडौँ — परराष्ट्रमन्त्री आरजु राणा देउवाले मोल्डोभाका उपप्रधान एवं विदेशमन्त्री मिहाइ पोपसोइसँग आज नयाँ दिल्लीमा भेटवार्ता गरेकी छिन् । भारतको विदेश मन्त्रालयले नयाँ दिल्लीमा आयोजना गरेको राइसिना डायलग कार्यक्रमका अवसरमा दुई नेताबीच भेटवार्ता भएको हो । 

भेटका क्रममा नेपाल मोल्डोभा सम्बन्ध र आपसी हितका विविध विषयमा कुराकानी भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । परराष्ट्रमन्त्री राणाले जलवायु परिवर्तनले नेपाललाई नराम्रोसँग असर गरिरहेको जानकारी दिँदै मिलेर समस्या समाधानका लागि जोड दिएकी थिइन् ।

सन् २०२६ पछि विकासोन्मुख राष्ट्रको सूचीमा स्तरोन्नति हुन लागेको सन्दर्भमा नेपालले तयारी गरिरहेको र त्यसपछि नेपाललाई आवश्यक पर्ने सहायताका बारेमा पनि  उनले जानकारी दिएकी थिइन् । 

कान्तिपुर संवाददाता

Link copied successfully