काठमाडौँ — सत्तारुढ दल नेकपा एमालेको सचिवालय बैठक आज बस्दै छ। ललितपुरको च्यासलस्थित केन्द्रीय कार्यालयमा दिउँसो १ बजेबाट बैठक बस्न लागेको हो।
मुलुकको पछिल्लो राजनीतिक घटनाक्रमका विषयमा छलफल गर्न एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीको सचिवालय बैठक बोलाएका हुन्। नेताहरूका अनुसार बैठकका एजेण्डाबारे पूर्वजानकारी गराइएको छैन।
बैठकमा सरकार सञ्चालन, पार्टीका गतिविधि र समसामयिक राजनीतिक घटनाक्रमका विषयमा छलफल हुने जनाइएको छ।
