प्रधानमन्त्री ओलीको कविता : खोजी भइरहेछ भाइमाराको, राष्ट्रिय पकेटमाराको ! 

चैत्र ४, २०८१

कान्तिपुर संवाददाता

Prime Minister Oli's poem: Searching for Bhaimara, national pickpockets!
news-wrap-sec

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले संघीय लोकतान्त्रिक गणतन्त्रलाई उल्ट्याउन चलखेल भइरहेको भन्दै कविता रचना गरेका छन् । मदन भण्डारी कला–साहित्य प्रतिष्ठानद्वारा आयोजित तीनदिने हिमवतखण्ड कला–साहित्य–संस्कृति सम्मिलन, २०८१ को समापनमा प्रधानमन्त्री ओलीले कविता प्रस्तुत गरेका हुन् । 

प्रधानमन्त्रीले मुलुकलाई पश्चगमनतिर धकेल्न खोजिएको समेत कवितामार्फत भन्न खोजेका छन् । उनले भनेका छन्:

World Cup 2026
news-wrap-sec

तानातान छ, गतिको रथ र पाङ्ग्राको

अघिल्तिर तान्ने कि पछिल्तिर तान्ने 

त्यस्तै सहरमा अनावश्यक हल्ला चलाइएको र भाषाको गरिमा बिर्सिएको पनि प्रधानमन्त्री ओलीको कविताको भाव छ:

आजकाल सहरमा  'काग काग' कराउँदै उडिरहेछन्

आफ्नै सभ्यतामाथि बिस्ट्याइरहेछन् 

ओहो भाषा ! 

भनभन ! साँचो झुटो 

त्यस्तै सहरमा हराएको मूर्ति र आफ्नै भाइमारा र राष्ट्रिय पकेटमाराको खोजी भइरहेको भन्दै प्रधानमन्त्री ओली अगाडि भन्छन् :

news-wrap-sec

सहरमा खोजी भइरहेछ हराएको मूर्तिको 

मूर्ति आफैं हराउँदैन, मूर्तिलाई हराउन मद्दत गर्नेको 

खोजी भइरहेछ भाइमाराको 

राष्ट्रिय पकेटमाराको ! 

Prime Minister Oli's poem: Searching for Bhaimara, national pickpockets!

यस्तो छ प्रधानमन्त्री ओलीको कविता

news-wrap-sec

अञ्जुलीभित्र सजाएर राखेको नेपाल 

यसको स्पन्दन केन्द्र मुटु काठमाडौं

एउटा बृहत् मिलन, सम्मिलन 

एउटा संकल्प सुवर्ण हिमवत्खण्डको

कथा- हाँगाबाट भुईंमा 

भुईंबाट गुफामा, गुफाबाट यहाँसम्म 

एउटा लामो यात्रा, यात्राको वर्णन ! 

प्रेम, घृणा, लडाइँ ! 

उन्माद,आर्तनाद ! 

कठिन तर गौरवको यात्रा 

प्रेमपछि प्रेमको कथा हिमवत्खण्ड ! 

तर, समय फेरिएको छ 

सहरले धेरै कुरा बिर्सिएको छ 

news-wrap-sec

नक्कल धेरै गर्छ, हल्लाका पछि कुद्छ

आजकाल सहरमा  'काग काग' कराउँदै उडिरहेछन्

आफ्नै सभ्यतामाथि बिस्ट्याइरहेछन् 

ओहो भाषा ! 

भनभन ! साँचो झुटो 

सहरमा खोजी भइरहेछ हराएको मुर्तिको 

मूर्ति आफैं हराउँदैन, मूर्तिलाई हराउन मद्दत गर्नेको 

खोजी भइरहेछ भाइमाराको 

राष्ट्रिय पकेटमाराको ! 

तानातान छ, गतिको रथ र पाङ्ग्राको

अघिल्तिर तान्ने कि पछिल्तिर तान्ने ! 

news-wrap-sec

तर, 

हिमवत्खण्ड अघि बढ्ने बाटो खोजिरहेछ 

अघि बढ्ने बाटो खोजिरहेछ 

अलि पर एउटा स्पष्ट गन्तव्य 

सबै कुरा छोडेर त्यही छुन 

एउटा यात्रा, एउटै गन्तव्य 

एउटा यो सानो सम्मिलन 

संकल्प सुवर्ण हिमवत्खण्डको !

कान्तिपुर

Link copied successfully