स्ववियु निर्वाचन : कुन क्याम्पसमा के हुँदैछ ?

चैत्र ३, २०८१

कान्तिपुर संवाददाता

Swaviyu elections: What is happening in which campus?

काठमाडौँ — त्रिभुवन विश्वविद्यालयका ६२ आंगिक र ४ सयभन्दा बढी सामुदायिक क्याम्पसमा चैत ५ गते स्ववियु निर्वाचन हुँदैछ । ६२ मध्ये १४ क्याम्पसमा निर्वाचन प्रक्रिया अवरुद्ध र स्थगित बनेको केन्द्रीय निर्वाचन अनुगमन समितिले जनाएको छ ।

विद्यार्थी संगठनहरूकै तालाबन्दी र अवरोधले विद्यार्थीको साझा प्रतिनिधि चुन्ने निर्वाचन प्रक्रिया अवरुद्ध हुन पुगेको हो । सत्तारुढ नेविसंघ र अनेरास्ववियुले नै कतिपय क्याम्पसमा तालाबन्दी र अवरोध गरेका छन् । कतिपय क्याम्पसमा २०७९ मा निर्वाचित स्ववियु अध्यक्षलगायत पदाधिकारीले अवरोध गरेको निर्वाचन समितिहरूले जनाएका छन् । केही क्याम्पसमा प्रतिपक्षी अखिल क्रान्तिकारी, अनेरास्ववियूलगायत विद्यार्थी संगठनको अवरोध छ । 

विद्यार्थी संगठनका केन्द्रीय समितिले गठबन्धन नगर्ने नीति लिए पनि क्याम्पस तहमा सत्तापक्षीय तथा विपक्षी र सत्तापक्षको किसिम किसिमका चुवानी गठबन्धन भएको छ । सत्तारुढ नेविसंघ र अनेरास्ववियु, अनेरास्ववियु र अखिल क्रान्तिकारी, नेविसंघ र अखिल क्रान्तिकारी, अनेरास्ववियु र अनेरास्ववियू (एकीकृत समाजवादी निकट), नेविसंघविरुद्ध कम्युनिस्ट पार्टी निकट विद्यार्थी संगठनबीच तालमेल गरेर उम्मेदवारी दर्ता भएको छ ।

सानोठिमी बहुमुखी, जनप्रशासन क्याम्पसमा नेविसंघ र अखिल क्रान्तिकारीबीच तालमेल छ भने त्रिचन्द्र क्याम्पसमा नेविसंघविरुद्ध अनेरास्ववियु, अखिल क्रान्तिकारीबीच गठबन्धन बनेको छ । गोरखा क्याम्पसमा अखिल क्रान्तिकारीविरुद्ध नेविसंघ र अनेरास्ववियुले चुनावी मोर्चा कसेका छन् ।

काठमाडौं उपत्यकाका २२ आंगिकमध्ये ५ क्याम्पसमा निर्वाचन प्रक्रिया अवरुद्ध र स्थगित छ । त्रिचन्द्र र पद्मकन्या क्याम्पसमा विवादबीच प्रक्रिया जारी गरेको क्याम्पस निर्वाचन समितिले जनाएका छन् । उपत्यका बाहिरका ४० आंगिकमध्ये ९ वटामा निर्वाचन प्रक्रिया बिथोलिएको छ । महेन्द्र मोरङ क्याम्पस विराटनगरमा अवरोधकबीच निर्वाचन प्रक्रिया जारी रहेको छ ।

कहाँ के हुँदैछ ?

१.त्रिवि केन्द्रीय क्याम्पस, कीर्तिपुर-  अवरुद्ध/नेविसंघको तालाबन्दी

२.नेपाल ल क्याम्पस, प्रर्दशनीमार्ग- स्थगित/अनेरास्ववियुको अवरोध

३.विश्वभाषा क्याम्पस, प्रर्दशनीमार्ग-स्थगित/अखिल क्रान्तिकारीको तालाबन्दी

४.पब्लिक युथ क्याम्पस, धोबीचौर-अवरुद्ध/नेविसंघको अवरोध

५.शंकरदेव क्याम्पस, पुतलीसडक- स्थगित/अनेरास्ववियुको तालाबन्दी

६.सरस्वती बहुमुखी क्याम्पस, सोह्रखुट्टे- अवरुद्ध/ अनेरास्ववियूलगायतको अवरोध

७.त्रिचन्द्र बहुमुखी क्याम्पस, घण्टाघर- विवादबीच जारी/नेविसंघको तालाबन्दी

८.पद्मकन्या बहुमुखी क्याम्पस, बागबजार- विवादबीच जारी/नेविसंघ र स्ववियुको अवरोध

९.थापाथली इन्जिनियरिङ, थापाथली- निर्वाचन प्रक्रिया जारी

१०. सानोठिमी बहुमुखी क्याम्पस, भक्तपुर-जारी

११. आरआर क्याम्पस, प्रदर्शनीमार्ग,  जारी

१२. आयुर्वेद क्याम्पस, कीर्तिपुर-जारी

१३.जनप्रशासन क्याम्पस, बल्खु-जारी

१४.महाराजगञ्ज नर्सिङ क्याम्पस,  जारी

१५.नेपाल कर्मस क्याम्पस, मीनभवन-जारी

१६.पाटन बहुमुखी क्याम्पस, पाटनढोका-जारी

१७. पुल्चोक इन्जिनियरिङ क्याम्पस,जारी

१८.भक्तपुर बहुमुखी क्याम्पस,  जारी

१९. अमृत साइन्स क्याम्पस, लैनचौर-जारी

२०. ललितकला क्याम्पस, भोटाहिटी-जारी

२१. महेन्द्ररत्न क्याम्पस, ताहचल-जारी

२२. महाराजगञ्ज चिकित्सा क्याम्पस, जारी

काठमाडौं उपत्यकाबाहिर

१.वीरेन्द्र बहुमुखी क्याम्पस, भरतपुर-  तालाबन्दी/साना विद्यार्थी संगठनको अवरोध

२. रामपुर क्याम्पस, चितवन-तालाबन्दी/अनेरास्ववियू लगायतका विद्यार्थीबाट

३. महेन्द्र मोरङ क्याम्पस, विराटनगर- विवादबीच जारी/नेविसंघको आन्तरिक किचलो

४.रामस्वरूप रामसागर, जनकपुर-निर्वाचन प्रक्रिया नै सुरु नभएको

५. भैरहवा बहुमुखी क्याम्पस-निर्वाचन प्रक्रिया नै सुरु नभई स्थगित

६. बुटबल बहुमुखी क्याम्पस-अवरुद्ध/नेविसंघको अवरोध

७.पक्लिहवा क्याम्पस-अवरुद्ध/अनेरास्ववियु, अखिल क्रान्तिकारीबाट

८. सुर्खेत क्याम्पस-स्थगित/ नेविसंघ अनेरास्ववियुको अवरोध

९.सिद्धनाथ बहुमुखी क्याम्पस, कञ्जनपुर-अवरुद्ध/ विद्यार्थी संगठनबीच लफडा

१०. महेन्द्ररत्न क्याम्पस, इलाम-निर्वाचन प्रक्रिया जारी

११. मेची क्याम्पस, झापा-जारी

१२.गैरादह कृषि क्याम्पस, झापा-जारी

१३. डिग्री क्याम्पस, विराटनगर-जारी

१४. नर्सिङ क्याम्पस, विराटनगर-जारी

१५. पूर्वाञ्चल क्याम्पस, धरान-जारी

१६. महेन्द्र बहुमुखी क्याम्पस, धरान-जारी

१७. केन्द्रीय प्रविधि क्याम्पस, धरान-जारी

१८. धनकुटा बहुमुखी क्याम्पस, धनकुटा- अनेरास्ववियुका अध्यक्ष सर्वसम्मत

१९. तेह्रथुम बहुमुखि क्याम्पस-जारी

२०.भोजपुर बहुमुखी क्याम्पस-  जारी

२१. महेन्द्र विन्द्रेश्वरी, राजविराज-जारी

२२.सुस मौरवैता यादव क्याम्पस, सिरहा- जारी

२३. ठाकुरराम बहुमुखी क्याम्पस, वीरगन्ज- जारी

२४. वीरगञ्ज नर्सिङ क्याम्पस-जारी

२५. हेटौंडा बहुमुखी क्याम्पस-जारी

२६. चितवन इन्जिनियरिङ क्याम्पस-   जारी

२७. गोरखा क्याम्पस-  जारी

२८.लम्जुङ कृषि क्याम्पस- जारी

२९. पश्चिमाञ्चल क्याम्पस,पोखरा-जारी

३०. पोखरा नर्सिङ-जारी

३१. धौलागिरी बहुमुखी क्याम्पस बाग्लुङ, विवादबीच जारी

३२. पोखरा वन क्याम्पस- जारी

३३. पृथ्वीनारायण क्याम्पस, पोखरा-जारी

३४. त्रिभुवन बहुमुखी क्याम्पस, पाल्पा- जारी

३५. महेन्द्र बहुमुखी क्याम्पस, दाङ- नेविसंघबाट अध्यक्ष निर्विरोध

३६. महेन्द्र बहुमुखी क्याम्पस, नेपालगञ्ज-जारी

३७. नर्सिङ क्याम्पस, नेपालगञ्ज-जारी

३८. जुम्ला क्याम्पस-    जारी

३९.डडेल्धुरा क्याम्पस-जारी

४०. डोटी क्याम्पस- जारी

कान्तिपुर संवाददाता

Link copied successfully