ताप्लेजुङ — 'नो केबलकार समूह' र सरकारी वार्ता टोलीबीच आइतबार वार्ता हुने भएको छ । सरकारी वार्ता टोलीले बोलाएको दुई दिनपछि आन्दोलनरत समूह वार्ताका लागि जान लागेको हो ।
'नो केबलकार समूह' बाट सदस्य सिघक सरुको नेतृत्वमा वार्तामा जाने तयारी भइरहेको अघिल्लो वार्ता समितिका सदस्य राम मादेनले जानकारी दिए ।
'हाम्रो तर्फबाट १० जना वार्तामा जाने भन्नेछ,' मादेनले भने, 'सम्भवत आज वार्ता हुन सक्छ ।' आन्दोलनरत समूहले वार्ताका लागि बन्दी रिहाइ, काम रोक्नुपर्ने, सशस्त्र प्रहरी फिर्ता लगायतका माग राख्दै आएका थिए ।
सरकारी वार्ता टोली र आन्दोलरत समूहबीच यसअघि दुई पटक वार्ता भएको छ । दोस्रो वार्तापछि सह सचिवस्तरीय समितिले आफूहरुको माग सम्बोधन गर्न नसक्ने भन्दै आन्दोलनरत समूहले आन्दोलनका कार्यक्रम घोषणा गरेर आन्दोलित भएका थिए । आन्दोलनका क्रममा १८ जना पक्राउ परेका छन् ।
