कांग्रेस-कम्युनिस्ट संघियता समाप्त पार्न दिन गनेर बसिरहेका छन् : उपेन्द्र यादव

चैत्र ३, २०८१

विद्यानन्द राम

Congress-Communists are counting the days to end the alliance: Upendra Yadav

राजविराज — जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले अहिलेको व्यवस्था समाप्त पार्न कांग्रेस-कम्युनिस्ट नै लागेको आरोप लगाएका छन् । आइतबार सप्तरीको तिरहुत गाउँपालिका-५ लोहजारामा आयोजित ‘बृहत पार्टी प्रवेश कार्यक्रम’ मा उनले यस्तो आरोप लगाएका हुन् ।

‘मुलुक राजनीतिक रुपले गम्भिर मोडमा आएको छ, र राजनीतिक अस्थिरताको मुल जड नै कांग्रेस-कम्युनिस्ट हो’ उनले थपे, ‘४६ सालपछि अहिलेसम्म ३५ वर्षमा ३७ वटा सरकार बन्यो र त्यसमा उनीहरुकै महत्वपूर्ण भूमिका रह्यो,  शेरबहादुर देउवाले स्वंयम कांग्रेस फोडेर राजालाई सहयोग गरेको थिए अनि राजाले ०४६ सालको उपलब्धी आफ्नो हातमा लिए ।’

उनले संघीय लोकतान्त्रिक गणतन्त्र आउॅंदा पनि हरेक ६/६ महिनामा सरकार परिवर्तन भईरहनु अनुचित रहेको बताए । ‘यसको जिम्मेवार कांग्रेस/कम्युनिस्ट र माओवादी हो, राजनीतिक स्थिरता कायम राख्न सकेनन्’ उनले भने, ‘कांग्रेस-कम्युनिस्ट र माओवादी हमेसा संघियतालाई उल्ट्याउने भूमिका गरे अनि अहिले उनीहरु संघियता समाप्त पार्न दिन गनेर बसिरहेका छन् ।’

विद्यानन्द विद्यानन्द राम कान्तिपुरका सप्तरी संवाददाता हुन् । उनी समसामयिक बिषयमा रिपाेर्टिङ गर्छन् ।

Link copied successfully