राष्ट्रपतिद्वारा चार विधेयक प्रमाणीकरण

चैत्र ३, २०८१

कान्तिपुर संवाददाता

Certification of four bills by the President

काठमाडौँ — राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्‌का दुवै सदनबाट पारित भएका विभिन्न चार विधेयक प्रमाणीकरण गरेका छन्। 

नेपालको संविधानको धारा ११३ को उपधारा (२)बमोजिम  राष्ट्रपति पौडेलले ‘सुरक्षित कारोबार ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक र विद्युतीय व्यापार (ई–कमर्स)को सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रमाणीकरण गरेका हुन्।

त्यस्तै, विधायन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र भ्रष्टाचार निवारण ऐन, २०५९ लाई संशोधन गर्न बनेको विधेयक’ आइतबार प्रमाणीकरण भएका राष्ट्रपति कार्यालयले जनाएको छ।

कान्तिपुर

Link copied successfully