एमालेले सचिवालय बैठक बोलायो

चैत्र १, २०८१

कान्तिपुर संवाददाता

UML convened a secretariat meeting

काठमाडौँ — नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले केन्द्रीय सचिवालयको बैठक बोलाएको छ । एमाले केन्द्रीय कार्यालयका सचिव डा भीष्म अधिकारीले यही चैत ४  गते सचिवालय बैठक बोलाइएको जानकारी दिए । 

सचिव डा अधिकारीका अनुसार उक्त बैठकमा पार्टीको संगठनात्मक गतिविधि, समसामयिक राजनीतिक विषयवस्तुलगायत विषयमा छलफल हुनेछ । बैठक ललितपुरको च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा दिउँसो १ बजे बस्नेछ । 

कान्तिपुर संवाददाता

Link copied successfully