समाजवादी मोर्चा बैठक : शनिबार बुद्धिजीवीसँग छलफल, चैत १५ मा विरोध प्रदर्शन गर्ने

चैत्र १, २०८१

कान्तिपुर संवाददाता

Samajwadi Morcha meeting: discussion with intellectuals on Saturday, protest on March 15

काठमाडौँ — समाजवादी मोर्चाले पछिल्लो समय भइरहेका प्रतिगामी कदमहरूलाई असफल बनाउन बुद्धिजीवी र नागरिक समाजसँग शनिबार अन्तरक्रिया गर्ने भएको छ। शुक्रबार नेकपा (एकीकृत समाजवादी) को कार्यालय आलोकनगरमा बसेको मोर्चाको बैठकले यस्तो निर्णय गरेको हो।

बैठकले पछिल्लो समय भइरहेका प्रतिगामी कदमहरूको विरोधमा बुद्धिजीवी र नागरिक समाजका अगुवाहरूसँग छलफल गर्ने निर्णय गरेको नेकपा नेता खड्गबहादुर विश्वकर्माले जानकारी दिए।

मोर्चाले चैत १५ गते काठमाडौँ वृहत विरोध कार्यक्रम गर्ने समेत निर्णय गरेको छ । 'परिस्थिति एकपछि अर्को गरी जटिल बन्दै गएको विषयमा हामीले छलफल गर्‍यौँ । यसलाई असफल बनाउन चैत्र १५ गते काठमाडौंमा वृहत विरोध कार्यक्रम गर्ने निर्णय भएको छ,' उनले भने, 'त्यसअघि तत्कालै हामीले वुद्धिजीवी र नागरिक समाजका अगुवाहरूसँग शनिबार छलफल गर्छौँ ।'

चैत १५ को प्रदर्शनमा भने गणतन्त्रको पक्षमा हजारौँको प्रदर्शन गर्ने तयारी रहेको उनले बताए। 

कान्तिपुर संवाददाता

Link copied successfully