काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीसँग प्रतिनिधिसभामा चैत ७ मा प्रश्नोत्तर कार्यक्रम हुने भएको छ । सभामुख देवराज घिमिरेले प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रमको जानकारी प्रतिनिधिसभाको बुधबारको बैठकमा जानकारी गराएका हुन् ।
सभामुख घिमिरेले प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर सम्बन्धी कार्यक्रम चैत ७ गतेको बैठकमा हुनेगरी निर्धारण गरेको जानकारी गराएका हुन् ।
प्रधानमन्त्रीसँग प्रश्नोत्तर गर्नका लागि प्रतिनिधिसभा सांसदहरूको समूह ९ ले प्रश्न सोध्न पाउन पनि जानकारी दिए । प्रधानमन्त्रीलाई सोध्ने प्रश्न चैत ३ आइतबार दिउँसो २ बजेभित्रमा प्रतिनिधिसभाका सचिव समक्ष लिखित रूपमा दिन पनि सांसदहरूलाई सभामुखले आग्रह गरेका थिए ।
