प्राकृतिक स्रोत तथा वित्त आयोगले समानीकरणको अनुदान वितरणमा विभेद भयो : सांसद लामा

फाल्गुन २८, २०८१

कान्तिपुर संवाददाता

The Natural Resources and Finance Commission made a difference in the distribution of grants for equalization: MP Lama

काठमाडौँ — राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की सांसद बिना लामाले राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले समानीकरणको अनुदान वितरणको आधार र मापदण्ड बिना नै बाँडफाँट गरेको बताएकी छन् ।

सांसद लामाले समानीकरण अनुदान वितरणमा विभेद भएको बताएकी हुन् । 

प्रतिनिधिसभाको बुधबारको बैठकमा सांसद लामाले भनिन्, ‘राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले समानीकरणको अनुदान वितरणको आधार र मापदण्ड वितरणको पक्षधरको आधारमा बाँडफाँड गर्ने गरेको बुझिएको छ ।'

अमेरिकी सहयोग परियोजना 'यूएस एड'को अनुदान सहयोगसमेत प्राकृतिक स्रोत तथा वित्त आयोगको मिलोमतोमा दुरुपयोग गरिएको उनको आरोप थियो । उनले उक्त सहयोग दुरुपपायेगमा आयोगका पदाधिकारी संलग्न रहेको आरोप लगाउँदै छानबिन गर्न माग गरिन् । अनुदान वितरणको विषयमा सरकारले संसद्लाई जानकारी गराउनुपर्ने उनको माग थियो । 

कान्तिपुर संवाददाता

Link copied successfully