काठमाडौँ — माओवादी अध्यक्ष पुष्पकमल दाहालले सरकार नै बिचौलियाले चलाएको आरोप लगाएका छन् । प्रतिनिधिसभामा मंगलबार सम्बोधन गर्दै प्रमुख प्रतिपक्षी दलका नेता दाहालले आफ्नो सरकार पनि षड्यन्त्रपूर्वक हटाइएको बताएका हुन् ।
अध्यक्ष दाहालले सम्बोधनका क्रममा भने, 'सत्ताको ड्राइभिङ सिटमै बिचौलिया छन्, मेरो सरकार किन हट्यो भन्ने मैले पटक-पटक भनिरहनु पर्दैन ।' दुई ठूला दल मिलेर सरकार बनाए पनि जनतामा आशा जगाउन नसकेको पनि दाहालले बताए ।
