बाबुराम भट्टराईको फेसबुक पेज ह्याक !

फाल्गुन २७, २०८१

कान्तिपुर संवाददाता

Baburam Bhattarai's Facebook page hacked!

काठमाडौँ — नेसपा नयाँ शक्ति पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईको आधिकारिक फेसबुक पेज ह्याक भएको छ । करिब १५ लाख फलोअर भएको डा. बाबुराम भट्टराई नाम गरेको फेसबुक पेज मंगलबार ह्याक भएको हो । 

भट्टराईको निजी सचिवालयका अनुसार अहिले भने उक्त फेसबुक पेज रिकभर भइसकेको छ । निजी सचिवालयका आईटी र मिडिया विभाग हेर्ने अमित खनालले उक्त पेजबाट ह्याकरले पुराना पोस्टमा अनधिकृत रूपमा कमेन्ट गरिएको थियो ।

ती कमेन्टहरूलाई हटाउने काम भइरहेको उनले बताए । त्यस्तै बाबुराम भट्टराई डट कम वेबसाइट पनि नवीकरण गरेर चलाइने उनले जानकारी दिए । लामो समयदेखि नचलाइएकाले आफूहरूको नियन्त्रणमा नरहेको पनि उनले बताए । 

कान्तिपुर

Link copied successfully