माओवादीको पदाधिकारी बैठकको निष्कर्ष : राजावादी सक्रिय हुनुमा सरकार दोषी

फाल्गुन २६, २०८१

कान्तिपुर संवाददाता

The conclusion of the meeting of Maoist officials: The government is guilty of royalist activity

काठमाडौँ — माओवादी केन्द्रीय पदाधिकारी बैठकले पूर्वराजा ज्ञानेन्द्र शाहको सक्रियतापछि उत्पन्न परिस्थितिको समीक्षा गरेको छ ।

सोमबार बसेको बैठकले राजावादी सक्रिय हुनुको पछाडी सरकारको मुख्य कमजोरी भएको निष्कर्ष निकालेको छ ।

प्रवक्ता अग्नि सापकोटाले संविधान रक्षा, गणतन्त्रको सबलीकरणका लागि अग्रगामी शक्ति एक हुनुपर्ने बताएका छन् । माओवादीले गणतन्त्र र सरकारलाई खबरदारी गर्न छिट्टै समाजवादी मोर्चाको बैठक गरी प्रदर्शन तालिका बनाउन सुझाव दिएको उनले जानकारी दिएका छन् । 

त्यस्तै, आजको बैठकले स्थगित हुलाकी राजमार्ग केन्द्रित अभियानको समीक्षा गर्दै यसले उत्साह थपेको निष्कर्ष निकालेको छ ।

कान्तिपुर

Link copied successfully