राष्ट्रिय सभा अध्यक्षद्वारा चार विधेयक प्रमाणित

फाल्गुन २६, २०८१

कान्तिपुर संवाददाता

Four Bills approved by the Speaker of the National Assembly

काठमाडौँ — राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले चारवटा विधेयक प्रमाणित गरेका छन् । अध्यक्षले प्रमाणित गरेपछि विधेयक प्रमाणीकरण गर्न मंगलबार राष्ट्रपति कार्यालय पठाइनेछ । 

राष्ट्रिय सभा र प्रतिनिधिसभाबाट पारित भइसकेका विधेयक प्रभाणित भएका हुन् ।  

अध्यक्ष दाहालका प्रेस विज्ञ डिल्ली मल्लका अनुसार सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयक, विद्युतीय व्यापार विधेयक, विधायन सम्बन्धी विधेयक र भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयक प्रभाणित भएका हुन् । भ्रष्टाचार निवारण विधेयक २०७६ सालमा दर्ता भएको थियो भने बाँकी तीनवटा विधेयक २०८० सालमा संसद्मा पुगेका थिए ।

संविधानको धारा ११३ को उपधारा (१) बमोजिम राष्ट्रिय सभा अध्यक्षले दुवै सदनबाट पारित भएका विधेयक प्रमाणित गरी संविधानको धारा ११३ को उपधारा (२) बमोजिम विधेयक प्रमाणिकरणका लागि राष्ट्रपतिसमक्ष पेस गर्नुपर्ने व्यवस्था छ । राष्ट्रपतिले प्रमाणिकरण गरेपछि ऐनका रूपमा कार्यान्वयनमा आउनेछन् । 

कान्तिपुर

Link copied successfully