परराष्ट्रमन्त्री राणा भारत प्रस्थान

फाल्गुन २६, २०८१

कान्तिपुर संवाददाता

Foreign Minister Rana leaves for India

काठमाडौँ — परराष्ट्रमन्त्री आरजु राणा देउवा धार्मिक भ्रमणका सिलसिलामा आज भारत प्रस्थान गरेकी छन् ।

उनी भारतको झारखण्डस्थित बाबा बैद्यनाथ धाममा पूजाआजाका लागि पुग्नेछिन् ।

त्यसपछि मन्त्री राणा भारतको विदेश मन्त्रालयद्वारा मार्च १७ देखि नयाँ दिल्लीमा आयोजित राइसिना डायलगमा सहभागी हुनेछिन् । भारत सरकारको निमन्त्रणामा उक्त डायलगमा मन्त्री राणासहित विश्वका विभिन्न देशका प्रधानमन्त्री तथा विदेशमन्त्रीको सहभागिता रहनेछ । सो कार्यक्रमलाई मन्त्री राणाले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

कान्तिपुर संवाददाता

Link copied successfully