राजावादीको प्रदर्शनबारे देउवाले भने : कुनै अद्भुत प्रदर्शन भएको छैन

फाल्गुन २६, २०८१

कान्तिपुर संवाददाता

About Rajawadi's performance, Deuba said: There was no amazing performance

काठमाडौँ — कांग्रेस सभापति शेरबहादुर देउवाले आइतबार काठमाडौंमा भएको राजावादीहरुको प्रदर्शनलाई केही नभएको भन्दै त्यसैका कारण आत्तिनुपर्ने अवस्था नआएको प्रतिक्रिया दिएका छन् । सोमबार धनगढी विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो प्रतिक्रिया दिएका हुन् ।

पूर्वराजा ज्ञानेन्द्र शाहलाई भारतले उचालेको हो भन्ने प्रश्नमा उनले कसैले उचाल्ने कुरा नभएको र उचालेको थाहा नभएको बताए । उनले भने, ‘कहाँ अद्भुत भएको छ ? केही भएकै छैन । कसैले उचाल्ने कुरा पनि छैन, उचालेको थाहा पनि छैन ।’

सभापति देउवाले दुई वटा ठूला पार्टी सरकारमा रहेको र अवस्था ठिक रहेको बताउँदै सबै कुरा राम्रोसँग चलेको दाबी गरे । उनले भने, ‘सरकारमा कुनै समस्या छैन, ०८४ सम्मै जान्छ ।’

कांग्रेस सुदूरपश्चिम कार्यसमितिको प्रथम प्रदेश सम्मेलन उद्घाटनका लागि देउवा धनगढी पुगेका हुन् ।

कान्तिपुर संवाददाता

Link copied successfully