जसले वंश विनाश गरे, उनैले राजा फर्काउने नाटक गरिरहेका छन् : सांसद शर्मा 

फाल्गुन २५, २०८१

कान्तिपुर संवाददाता

Those who destroyed the dynasty are pretending to bring back the king: MP Sharma

काठमाडौँ — राष्ट्रिय सभामा माओवादी सांसद जगप्रसाद शर्माले वंश विनाश गर्नेले नै अहिले राजा फर्काउने भनेर नाटक मञ्चन गरेको बताएका छन् । आइतबार राष्ट्रिय सभा बैठकमा सांसद शर्माले विश्वका धेरै देशहरूमध्ये नेपालमा सबैभन्दा लामो समय लगाएर राजतन्त्रको अन्त्य गरिएको बताएका हुन् ।

संविधानविरोधी गतिविधि हुँदा पनि सरकारले अराजकता नियन्त्रण गर्न नसकेको उल्लेख गर्दै सांसद शर्माले भने, 'अहिले प्रतिगामी शक्तिहरू अहिले राजा फर्काउने भन्दैछन् । जसले राजाको वंश विनाश गरेका हुन्, तिनैले राजा फर्काउने एउटा नाटक मञ्चन गरिरहेका छन् । जसले वंश विनाश गरे उनैले राजा फर्काउने नाटक मञ्चन गरिरेहका छन् ।'

कान्तिपुर संवाददाता

Link copied successfully