सांसद राई भन्छिन् : हामीले मसानघाट पुर्‍याएको राजतन्त्र कुर्लिरहेको छ

फाल्गुन २५, २०८१

कान्तिपुर संवाददाता

MP Rai says: The monarchy we brought to Masanghat is collapsing

काठमाडौँ — नेकपा एसकी सांसद जयन्तीदेवी राईले राजावादीहरू कुर्लिरहेका कारण मुलुकमा खतरा र राजनीतिक अस्थिरता पैदा भएको टिप्पणी गरेकी छिन् । आइतबार राष्ट्रिय सभा बैठकमा सांसद राईले प्रतिगामी तत्वहरू संविधान उल्लङ्घन गर्दै लोकतन्त्रमाथि धावा बोलिरहेको बताएकी हुन् । 

केही तत्वले वर्षौं संघर्ष गरेर ल्याएका उपलब्धि फेरि खोस्न चाहेको र संविधानबाट प्राप्त अधिकार दिनदिनै कमजोर भएको सांसद राईको टिप्पणी छ ।

उनले अगाडि भनिन्, ' हामीले मसानघाटमा पुर्‍याएको राजतन्त्र कुर्लिरहेको छ, त्यसकारण खतरा र राजनीतिक अस्थिरता पैदा भइरहेको छ ।' नेपाली जनताको बलिदानीबाट प्राप्त व्यवस्था जोगाउन सबै एकजुट हुने समय आएको पनि उनको भनाइ छ ।

कान्तिपुर संवाददाता

Link copied successfully