पानी नपर्दा आकाश धुम्म, काठमाडौं विश्वको पाचौं प्रदूषित सहर

फाल्गुन २५, २०८१

रासस

If there is no rain, the sky is dark, Kathmandu is the fifth most polluted city in the world

काठमाडौँ — पर्याप्त वर्षा नहुँदा काठमाडौँ उपत्यकाको आकाशमा डम्म बादल लगेको छ भने वायु प्रदूषण पनि बढेको छ ।

स्थानीय वायुको प्रभाव र पश्चिमी न्यून चापीय प्रणालीको प्रभावका कारण वर्षा हुन नसकेको मौसमविद् विनु महर्जनले बताइन् । 'मुलुकको केही भागमा हिमपात र हल्का मात्र वर्षा भएको छ, तर प्रदूषण हट्ने गरी वर्षा भएको छैन,' उनले भनिन्, 'अझै तीन दिन यस्तै हुने देखिन्छ ।'

‘एयर क्वालिटी इन्डेक्स’ का अनुसार आज काठमाडौँ विश्वको पाचौँ प्रदूषित सहरका रुपमा सूचीकृत भएको छ । आज यहाँको वायु प्रदूषण एक सय ६३ एक्युआई पुगेको छ । 

विश्वको सबैभन्दा बढी प्रदूषित सहरका रुपमा भियतनामको राजधानी हनोई सहर सूचीकृत भएको छ भने दोस्रोमा चीनको बेइजिङ परेको छ । तेस्रो प्रदूषित सहर बंगलादेशको ढाका तथा चौथो स्थानमा भारतको नयाँदिल्ली रहेको छ ।

रासस

Link copied successfully