विपिनका परिवारले प्रधानमन्त्रीलाई भेटे, बुवा भन्छन् : पुरानै जवाफ पाइयो

फाल्गुन २५, २०८१

भवानी भट्ट

Bipin's family met the Prime Minister, the father says: The old answer was found

कञ्चनपुर — डेढ वर्षदेखि हमासको नियन्त्रणमा रहेका कञ्चनपुरका विपिन जोशीको परिवारले प्रधानमन्त्री केपी शर्मा ओलीलाई आइतबार भेटेका छन् । उनीहरुले इजरायल र हमास समूहबीच युद्धविराम भइरहेको अवस्थामा विपिनको रिहाइका लागि पहल गरिदिन आग्रह गरेका छन् । 

'पुरानै जवाफ पाइयो, नयाँ केही भन्नुभएन,’ ओलीलाई भेटेपछि विपिनका बुवा महानन्द जोशीले भने, ‘विपिनको रिहाइका लागि हामी प्रयासरत छौं भन्ने कुरा मात्रै भयो ।’उनले युद्धविराम भएको डेढ महिना बितिसक्दा पनि विपिनको रिहाइ नभएकामा चिन्ता व्यक्त गरेका छन् ।

विपिनका बुवासँगै आमा पदमा, बहिनी पुष्पा र दाइ किशोरले प्रधानमन्त्रीलाई भेटेका थिए । प्रधानमन्त्री ओली सुदूरपश्चिम विश्वविद्यालयको पाँचौं दीक्षान्त समारोहलाई सम्बोधन गर्न कञ्चनपुरको महेन्द्रनगर आएका थिए ।

भवानी भट्ट भट्ट कान्तिपुरका कञ्चनपुर संवाददाता हुन् ।

Link copied successfully