राष्ट्रपतिसँग प्रधानमन्त्रीको भेट

फाल्गुन २४, २०८१

कान्तिपुर संवाददाता

Prime Minister's meeting with the President

काठमाडौँ — राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रधानमन्त्री केपी शर्मा ओलीले भेट गरेका छन् । नियमित भेट भए पनि समसामयिक राजनीतिक विषयमा राष्ट्रपति पौडेल र प्रधानमन्त्री ओलीबीच छलफल भएको हो । 

राष्ट्रपति कार्यालयका अनुसार शनिबार राष्ट्रपतिसँग प्रधानमन्त्रीले भेट गरेका हुन् । 'नियमित भेटघाट थियो । उक्त भेटघाटमा समसामयिक राजनीतिक विषयमा पनि छलफल भएको छ,' राष्ट्रपति प्रेस सल्लाहकार किरण पोखरेलले बताए । 

राष्ट्रपतिलाई भेट्न प्रधानमन्त्री साँझ ६ बजेतिर शीतल निवास पुगेका थिए ।

कान्तिपुर संवाददाता

Link copied successfully