माओवादी अभियानले देशकै ध्यान मधेशतिर तानिँदैछ : अध्यक्ष दाहाल

फाल्गुन २३, २०८१

कान्तिपुर संवाददाता

The Maoist campaign is drawing the country's attention to Madhesh: President Dahal

काठमाडौँ — माओवादी अध्यक्ष पुष्पकमल दाहालले पार्टीले सुरु गरेको 'जनतासँग माओवादी, तराई मधेश जागरण अभियान'का कारण देशकै ध्यान मधेशमा केन्द्रित भएको बताएका छन् ।

शुक्रबार सर्लाहीको मलंगवामा आयोजित सभालाई सम्बोधन गर्दै दाहालले मधेशका समस्या पहिचान गरेर समाधानका लागि पहल गर्ने उद्देश्यसहित आफ्नो पार्टीले अभियान सुरु गरेपछि अन्य प्रमुख दलका मुख्य नेता र राष्ट्रिय मिडियाको ध्यान मधेशतिर केन्द्रित हुन थालेको बताएका हुन् । 

झापाबाट सुरु भएको अभियान सर्लाही पुग्दासम्म जनतामा ठूलो उत्साह देखिएको उल्लेख गर्दै अध्यक्ष दाहालले यो अभियान कन्चनपुर पुगेर सकिँदासम्म तराई मधेस जुरुक्कै उठ्ने विश्वास व्यक्त गरे ।

समावेशिताको बढी आवश्यकता मधेसी समुदायलाई भएको र यसको नेतृत्वकर्ता शक्ति माओवादी भएकाले अब माओवादी र मधेशी जनतको एकता अपरिहार्य र अनिवार्य भइसकेको अध्यक्ष दाहालले स्पष्ट पारे । 

कान्तिपुर

Link copied successfully